रामेछापमा प्रहरीको ‘एक्सन’ बढी भाडा लिने सवारीलाई कारवाही यात्रुको पैसा फिर्ता



३ कात्तिक, काठमाडौं ।
सरकारले तोकेको भन्दा बढी भाडा असुल्ने सवारी साधनमाथि रामेछापमा धमाधम कारवाही सुरु गरेको छ । यात्रुहरुले सार्वजनिक सवारी साधनले तोकेभन्दा पचास प्रतिशत बढी भाडा लिएको गुनासो गरेपछि जिल्ला ट्राफिक प्रहरीले बढी भाडा लिएका सवारी साधनबाट यात्रुलाई पैसा फिर्ता गर्न लगाएको हो ।
कार्तिक १ गतेबाट पचास प्रतिशत भाडा लिन पाउने प्रावधान हटाएर साविककै भाडा लिनुपर्ने सरकारले निर्णय गरेको थियो । तर यातायात व्यवसायीहरुले पचास प्रतिशत बढी भाडा लिएर टिकट काटेपछि प्रहरीले सवारी चेकजाँचलाई कडाई गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी रामेछापले यात्रुसँग बढी भाडा लिने पाँचवटा बसलाई नियन्त्रण लिएको छ । नियन्त्रणमा लिएका सवारी साधनबाट २० हजार ५ सय ७० रुपैयाँ यात्रुलाई फिर्ता गरेका छन् ।


जिल्ला ट्राफिक प्रहरी रामेछापका प्रमुख सरकारले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनबाट यात्रुहरुलाई बढी लिएको पैसा फिर्ता गराएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हामीले सार्वजनिक सवारी साधनमा सवार यात्रुहरुसँग सोध्दा बढी भाडा लिएको पाएपछि नियन्त्रणमा लिएर कारवाही गरेका हौं ।’

पाण्डेका अनुसार यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गरिने प्रावधान छ । प्रहरीले जिल्ला प्रवेश गर्ने मुख्य नाका सेलेघाट, हल्दे र बसपार्कमा सवारी चेकजाँचलाई कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्