दशैसँग रामेछापको गाउँगाउँ पुग्दै कोरोना जिल्लामा थप ११ जनामा कोरोना संक्रमण



६ कात्तिक, रामेछाप ।
दशैमा घर आउने क्रम बढेसँग रामेछाप जिल्लाको गाउँगाउँमा कोरोना संक्रमण फैलिने त्रास बढेको छ । दशै मान्नको लागि राजधानी काठमाडौंबाट जिल्ला प्रवेश गर्नेहरुको संख्या ह्वातै बढेको छ ।

सार्वजनिक यातायातको साधनमा स्वास्थ्य मापदण्ड पूरा नगरी नै सञ्चालन हुने गरेको छ । सार्वजनिक यातायातमा कोचाकोच गरेर यात्रु चढाएसँगै संक्रमणको जोखिम पनि उच्च हुने स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।

रामेछापका थप ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले कार्तिक २ गते मन्थली नगरपालिकाबाट पठाइएका ७२ स्वाब मध्ये ११ जनामा कोराना संक्रमण भएको बताउनुभयो ।

त्यसैगरी रामेछाप नगरपालिका–८ का एक जनामा पनि कोरोना पुष्टि भएको छ । थापाका अनुसार हालसम्म जिल्लामै स्वाब संकलन गरिएका १ सय ५६ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्