रामेछापमा हालसम्म १ सय ६० जनामा कोरोना संक्रमण



७ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लामा स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढदै गएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ खनियापानीका चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभित्र हालसम्म सक्रमितको संख्या १ सय ६० जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिृकत भुवन थापाले संक्रमित मध्ये ९९ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्