नेकपा रामेछापका नेता रेशम चौलागाईको निधन



८ कात्तिक, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता रेशम चौलागाईको निधन भएको छ । २००८ असार २९ रामेछापको सुनापती गाउँपालिका–१ गुन्सी साविक गुन्सी गाविसमा जन्मनुभएका नेता चौलागाईको आज उहाँकै निवास ठिमीमा निधन भएको हो ।

२०२८ सालमा पार्टी सदस्यता लिनुभएका पंचायती तथा राणाविरोधी राणाआन्दोलनमा सक्रिय सहभागीता जनाउनुभएका चौलागाई तत्कालिन नेकपा माओवादी रामेछापका संस्थापक सदस्य समेत रनुभएको थियो ।

जनयुद्धको क्रममा रामेछापमा माओवादी आन्दोलनलाई संगठित गर्दै रामेछापको तत्कालीन जिल्ला जनसरकार उप प्रमुख, केद्रीय जनपरिषदको सदस्य, तत्कालीन नेकपा (माओवादी) केन्द्रीय सदस्यको जिम्मेवारी रहेर काम गर्नुभएका चौलागाई हाल नेकपाको केन्द्रीय सल्लाहकारको भूमिकामा रहनुभएको थियो । लामो समयदेखि मुटु र फोक्सो सम्बन्धि रोगबाट पीडित उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्