नेता चौलागाईको निधनप्रति प्रचण्डद्धारा दुःख व्यक्त,सभामुख सापकोटाद्धारा अन्तिम श्रद्धान्जली (फोटोफिचर)



८ कात्तिक, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता रेशम चौलागाईको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । प्रचण्डले लामो समय शिक्षक आन्दोलनमा सक्रिय पार्टीका नेता चौंलागाईंको आज दिउँसो आफ्नै निवास भक्तपुरमा असामयिक निधन भएको खबर पाउँदा अत्यन्त दुःख लागेको बताउनुभएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलन एवम् शिक्षक आन्दोलनमा अतुलनीय योगदान पुर्रयाउनु भएका चौंलागाईंप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु, प्रचण्डले   भन्नुभयो ।
नेता चौलागाइर्एको आज नै पशुपतिमा अन्त्यष्टि गरिएको छ । चौलागाईंको अन्तिम श्रद्धाञ्जलीमा प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा , नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा बागमती प्रदेश कमिटीका सह इन्चार्जहित बहादुर तामाङले पार्टीको झन्डा ओढाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्