यस बर्ष दशै मान्न रामेछापमा २० हजार यात्रु भित्रिए



१३ कात्तिक, रामेछाप ।
कोरोना भाइरसको त्रासको कारण यस बर्ष दशै मान्न रामेछाप आउनेको संख्या निकै न्युन देखिएको छ । सात दिनको अवधिमा राजधानी काठमाडौं लगायत विभिन्न ठाउँबाट वीस हजार भन्दा बढी यात्रु रामेछाप प्रवेश गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
विगतमा दशै मान्नको लागि वसको छतमा समेत चढेर आउने गरे पनि यस बर्ष पनि सीट क्षमता भन्दा बढी यात्रु नआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले बताएको छ ।
रामेछाप प्रवेश गर्ने मुख्य नाका सलेघाट र सित्खाबाट सात दिनको अवधिमा ६ सय ३८ वटा साना ठूला सवारी साधन भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार सार्वजनिक सवारी साधनले सीट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्