रामेछापका ३ सय ४२ जनामा कोरोना संक्रमण,गाउँगाउँमा कोरोनाको जोखिम



१३ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमणको जोखिम झन बढदै गएको छ । दशै मान्न राजधानी काठमाडौं सहित विभिन्न जिल्लाबाट रामेछाप आउनेहरुबाट थप कोरोनाको जोखिम बढेको हो ।

यस बर्ष दशैमा कमै मात्र नागरिकहरु दशै मान्न जिल्ला प्रवेश गरेपनि स्वास्थ्य मापदण्डको पालना नगर्दा जोखिम झन बढदै गएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्ने परिपाटी जिल्लाभित्र बढदै गएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्ला स्वाब संकलन गरिएका २२ सय ५७ मध्ये १ सय ६१ ज्ना कोरोना संक्रमित पुष्टि भइसकेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले हालसम्म जिल्लामा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार राजधानी काठमाडौं लगायत विभिन्न जिल्लामा स्वाब परीक्षण गरिएका १ सय ८१ जना रामेछापका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा स्वाब संकलन गरेर विभिन्न जिल्लामा स्वाब संकलन गरेका गरी हालसम्म रामेछापका ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्