रामेछापका न्यायिक समितिलाई प्रभावकारी बनाउने १० बुँदे प्रतिबद्धता (बुँदासहित)
२६ कात्तिक, रामेछाप ।
रामेछापको आठ वटै स्थानीय तहमा सञ्चालित न्यायिक समितिलाई थप प्रभावकारी बनाउन दस बुँदे प्रतिबद्धता घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको पहलमा जिल्लाको आठ वटै स्थानीय तहका उपाध्यक्षसँगको छलफलपछि दस बुँदे प्रतिबद्धता घोषणा गरिएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा जिल्लामा पहिलो पटक न्यायिक समितिका संयोजकहरुसँग जिल्लाभित्र न्याय क्षेत्रमा देखा परेको समस्या र समाधानको विषयमा छलफल भएको छ । छलफलमा तीन बर्षको अवधिमा न्यायिक समितिमा रहेर काम गर्दाको अनुभव र समस्या उपाध्यक्षहरुले राखेका थिए ।
न्यायिधक समितिको कार्य सम्पादनमा आएका अस्पष्टता, क्षेत्राअधिकार भन्दा बाहिरको विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ल प्रहरी कार्यालय, जिल्ला अदालत, सरकारी वकिलको कार्यालयसँग समन्वय तथा सहजीकरण गरी थप प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने प्रतिबद्धता बैठकले गरेको छ ।