स्वर्गीय नेता बुद्ध लामाको घरमा पुग्दा मन्त्री ढुंगेल भावुक (फोटोफिचर)



२६ कात्तिक, रामेछाप ।
बागमती प्रदेशका आथिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नेकपाका स्वर्गीय युवा नेता बुद्ध लामाको घरमा पुगेर परिवारसँग भेट गर्नुभएको छ । रामेछापका सह–इन्चार्ज समेत रहनुभएका मन्त्री ढुंगेलले लामाको परिवारप्रति घरमै पुगेर संवेदना व्यक्त गर्नुभएको हो ।
तत्कालिन युवा संघ रामेछापका अध्यक्ष समेत रहनुभएका लामाको ४९ दिन अघि असामहिक निधन भएको थियो ।

मंगलवार फुलासीमा आयोजित श्रद्धान्जली कार्यक्रममा मन्त्री ढंगेलले लामालाई सम्झिदै भावुक बन्नुभएको थियो । उहाँले े बुद्ध लामाले राखेको उदेश्य र विकासको सपनालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रद्धान्जली कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान लगायतले स्वर्गीय लामाप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

https://www.facebook.com/ROJHANROKA/videos/3356890401046717

प्रतिक्रिया दिनुहोस्