आगलागी पीडितलाई उचित राहत उपलब्ध गराउने मन्त्री ढुंगेलको प्रतिबद्धता
२७ कात्तिक, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मन्थली नगरपालिका–१२ र्भोलेका आगलागी पीडितलाई उचित राहतको व्यवस्था गरिने बताउनुुभएको छ । आगलागी पीडित परिवारको अवस्था बुझन र्भोले पुग्नुभएको उहाँले प्रदेश सरकारले आवश्यक सक्दो सहयोग गर्ने बताउनुभएको हो ।
मन्थली नगरपालिका–१२ गेलुस्थित र्भोलेमा केही समय अघि मकर बहादुर बुढाथोकी, मनोज बुढाथोकी र नारायण बुढाथोकीको घर जलेर नष्ट भएको थियो ।
आगालागीमा परी चार बर्षिय बालक श्रवण बुढाथोकी काठमाडौंमा उपचारपछि हाल सामान्य अवस्था रहेको छ । आगलागीबाट करिब १७ लाख बराबरको क्षति भएको छ ।