आज भाइटीकाः उत्तम साइत ११ बजेर ३७ मिनेटमा



१ मंसिर, काठमाडौं ।
तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको बताएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने बताउनुभयो । मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्