नेकपाको सचिवालय बैठक वालुवाटारमा जारी, के होला निर्णय ?



३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा जारी छ । जारी बैठकमा शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पेश गरेको प्रस्तावको जवाफ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिने तयारी छ । तर, त्यसका लागि केही दिनको समय ओलीले माग्ने तयारी रहेको स्रोतले जनाएको छ ।

यसअघि ओलीले प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने नेताहरुसँग बताउनुभएको थियो । तर, विभिन्न छलफल र भेटवार्तापछि ओली छलफलमा बस्न तयार भएको जनाइएको छ । सचिवालय बैठक बस्नुअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आजै शीतल निवास पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्