रामेछापमा कोरोना संक्रमितको उपचार गर्ने चिकित्सक नै कोरोना संक्रमित



६ मंसिर, रामेछााप ।
रामेछाप जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहोरात्र कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहदै आएका दुई जना चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुई जना चिकित्सक र नेपाल विद्युत प्राधिकरण रामेछापका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।
एनका अनुसार हालसम्म जिल्लामा संक्रमितको संख्या १ सय ९० जना पुगेको छ । संक्रमित मध्ये १ सय ७९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्