रामेछापको भटौलीमा आगलागी हुँदा पाँच बर्षिय बालकको मृत्यु



६ मंसिर, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–७ भटौलीमा आगलाागी हुँदा पाँच बर्षिय बालकको मृत्यु भएको छ । भटौलीका रण बहादुर रम्तेलको घरमा आगलागी हुँदा पाँच बर्षिय बालक सुजन रम्तेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले आगलागी भएको खबर प्राप्त भए लगत्तै नियन्त्रणको लागि कोशिस गर्दा पनि बालकलाई बचाउन नसकिएको बताउनुभयो । आगलागीमा परी पाँच बर्षिय बालकको निधन भएको र क्षतिको विवरण आउन बाँकी रहेको उहाँले रामेछाप न्युजलाई बताउनुभयो ।
आगालागी नियन्त्रणको लागि प्रहरी शसस्त्र प्रहरी बल र स्थानीय खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्