भटौलीका आगलागी पीडितलाई सिडियो शर्माद्धारा २ लाख राहत उपलब्ध



६ मंसिर, रामेछाप ।
मन्थली नगरपालिका–७ भटौलीमा आज भएको आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल राहत उपलब्ध गराएको छ । आगलागीमा परी पाँच बर्षिय सुजन रम्तेलको मृत्यु भएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान जिल्ला प्रहरी कार्यालय रामेछापले गरेको छ ।
आगलागी घटनामा परी ज्यान गुमाउनेको परिवार (कृष्ण रम्तेल)लाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार नै राहत स्वरुप २ लाख नगद उपलब्ध गराउनुभयो । रेडक्रसबाट उपलब्ध गराइएको १ सेट फेमिली किट त्रिपाल,मण्डी, १ सरो लत्ताकपाडा तथा भाडावर्तन उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्