मृगौला पीडित रामेछापका तामाङलाई ३२ हजार सहयोग



९ मंसिर, काठमाडौं ।
मृगौला पीडित रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बाका ३५ बर्षिय सुकलाल तामाङको उपचार गर्नको लागि थप सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भइ उपचार गर्न नै समस्या भएपछि रामेछाप सेवा समाज  कतारको पहलमा ३२ हजार सहयोग जुटेको हो ।

तामाङ लामो समयबाट दुवै मुगौला फेल भई हाल उपचारको क्रममा रहेको छ । तामाङको उपचारको लागि काजीमान तामाङले २५ सय रामेछाप सेवा समाज दोहा कतारको तर्फबाट तीस हजार सहयोग गरिएको छ । संकलन भएको पैसा काजीमान तामाङले पीडित सुकलाल तामाङलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्