नेकपा रामेछापका इन्चार्ज पौडेललाई कोरोना संक्रमण



११ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका इन्चार्ज देवशंकर पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि कोरोनाको आशंका गर्दै पौडेलले कोरोना परीक्षण गराउनुभएको थियो । परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि पौडेल हाल होम आइसोलेनमा बस्नु भएको छ ।

पौडेललाई मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपनि हालसम्म लक्षण नदेखिएको बताउदै पौडेलले परिवारका सदस्यहरुलाई पनि संक्रमण देखिएपछि होम आइसोलेसनमा बसिरहेको रामेछाप न्युजलाई बताउनुभयो । हाल आफ्नै निवासमा बसिरहेको बताउदै कोरोनाबाट बच्नको लागि सबैले सावधान अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्