रामेछापको धार्मिक पर्यटकीय गन्तव्य थानापतिबाट प्याराग्लाइडिङ उडान (फोटोफिचर)



१२ मंसिर, रामेछाप ।
रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य थानापति महादेव मन्दिरबाट पहिलो पटक प्याराग्लाइडिङ उडान गरिएको छ । थानापतिलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित प्याराग्लाइडिङ उडान गरिएको हो ।

मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको प्रसिद्ध थानापति महादेव मन्दिरबाट वडा कार्यालयको आर्थिक सहयोगमा पहिलो पटक परीक्षण उडान गरिएको छ । वडाध्यक्ष बुद्धि बहादुर पुलामीमगरले परीक्षण उडान सफल भएकाले आगामी दिनमा व्यवसायीक रुपमा प्याराग्लाइडिङ उडान गर्ने योजना बनाउने जानकारी दिनुभयो । थानापति महादेव मन्दिरको डाँडाबाट उडाईएको प्याराग्लाईडिङ पुरानागाउँकै फोस्रको देवीथान भन्दा मुनी चालिसेमा गएर सफल रुपमा अवतरण गराइएको थियो ।

प्याराग्लाईडिङ पाइलटद्धय गोविन्द गुरुङ र लक्ष्मामण रत्न शाक्यले थानापति डाडाँबाट उडेको प्याराग्लाईडिक सात ठाउँमा अवतरण गर्न सकिने स्थानहरु देखिएकाले तीनै ठाउँहरुलाई आधर मानेर थप रिपोर्ट आउने बताए ।

यसअघि सुनापती गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले पनि पर्यटकीय क्षेत्रको पहिचान गरी प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । तर दुवै गाउँपालिकाले अझै व्यवसायिक रुपमा प्याराग्लाइडिङको उडान गर्न सकिरहेका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस्