रामेछापकी श्रेष्ठ ‘ग्लोकल टिन हिरो २०२०’ को टप ६ मा चयन



१३ मंसिर, काठमाडौं ।
रामेछापकी चेली ‘वाई वाई ग्लोकल टिन हिरो’ २०२० का अन्तिम ६ प्रतिस्पर्धीहरुमा चयन भएकी छिन् । खाँडादेवी गाउँपालिका–३ भिरपानीकी श्रेष्ठ टप ६ मा चयन भएकी हुन् ।

वीर हस्पिटल नर्सिङ क्याम्पस प्रमाणपत्र तह तेस्रो बर्षमा अध्ययन गर्दै आएकी श्रेष्ठ श्रेष्ठ विगत ९ बर्षदेखि स्वास्थ्य साथै बालबालिका र किशोरकिशोरीका हक अधिकारको अभियानकर्ताको रूपमा काम गर्दै आएकी छिन् । बालबालिका किशोरकिशोरी, युवा, महिला तथा तेस्रोलिङ्गी समुहहरुको हक हित र अधिकारको पक्षमा काम गर्दै आएकी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा समेत भाग लिएकी छिन् ।


टिन ६ मा चयन हुन सफल भएकी श्रेष्ठले रामेछाप न्युजसँग कुराकानी गर्दै भनिन–‘सकारात्मक सोच राखेर अगाडि बढदा समाजमा रहेको असमानतालाई हटाउन सकिन्छ, अधिकारबाट बञ्चित भएकाहरुको हक अधिकारको लागि लडदै आएको छु ।’ उनले अधिकार विहिनहरुलाई अधिकार दिलाउदा जतिको आनन्द र खुसी अरु हुन नसक्ने बताइन । आगामी दिनमा समाजमा रहेको दिन दुःखीहरुको हक अधिकारको पक्षमा काम गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले बताइन ।

सानै उमेरमा पढाइसँगै थुप्रै सामाजिक क्रियाकलापमा योगदान पुर्याउदै आएकी श्रेष्ठ क्रियाशिलता र समर्पणको कदर स्वरुप हाल टप ६ मा चयन हुन सफल भएकी छिन् । देशभरका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदनबाट अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।
किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो ।

हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२ मा अनलाईन कार्यक्रम र सम्मेलन मार्फत उनीहरुलाई पुरस्कृत गर्ने कम्पनीले जनाएको छ । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ । ग्लोकल प्रालि र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको कम्पनीले जनाएको छ ।

यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन ।हालसम्म नेपालका ५ किशोर किशोरीले ग्लोकल टिन हिरो जितेका छन् भने ग्लोकल टिन हिरो इन्डियाबाट एकजना सम्मनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्