दोरम्बा गाउँपालिकाको मुख्य नाकामा सिसी क्यामेरा जडान गछौःअध्यक्ष मोक्तान



१३ मंसिर, रामेछाप ।
दोरम्बा गाउँपालिकाले सुरक्षा व्यवस्थालाई थप मजबुद्ध बनाउन गाउँपालिकाको मुख्य नाकामा सिसी क्यामेरा जडान गर्ने भएको छ । गाउँपालिकाले शान्ति सुरक्षालाई थप मजबुद्ध बनाउन मुख्य नाकाहरुमा सिसी क्यामेरा जडान गर्ने भएको हो ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले प्रविधिको बढदो प्रयोगसँग सुरक्षासँग जोडिएको सिसी क्यामेरालाई पनि गाउँपालिकाको मुख्य नाकामा प्रयोग गर्न लागिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘पहिलो चरणमा मुख्य नाका र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गछौ, प्रहरीसँग समन्वय गरेर यस बर्षबाटै सिसी क्यामेरा जडानको काम अगाडि बढाउने तयारीमा छौं ।’

गाउँपालिकामा पहिलो पटक सिसी क्यामेरा जडान गर्न लागिएको हो । गाउँपालिकाले दोरम्बा बजार, टोकरपुरु, सैलुङ प्रवेश गर्ने नाका, लखनपुर र गुरासे लगायतको ठाउँमा सिसी क्यामेरा जडान गर्ने गृहकार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्