लिखु तामाकोसी गाउँपालिकामा अस्पताल बनाउन स्थानीयले दिए निशुल्क जग्गा
१६ मंसिर, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकामा निर्माण हुन लागेको १५ शैयाको अस्पताल निर्माण गर्नका लागि स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् । गाउँपालिकाले अस्पताल निर्माणको लागि निशुल्क जग्गा उपलब्ध गराउन गरेको आग्रहलाई स्वीकार गर्दै स्थानीयले जग्गा उपलब्ध गराएका हुन् ।
स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड अनुसार अस्पताल निर्माण गर्नको लागि कम्तिमा पनि नौ रापनी जग्गा आवश्यक पर्छ । अस्पताल निर्माण गर्न स्थानीय दिल्लीबहादुर सुनुवारले ४ रोपनी, वीरबहादुर सुनुवारले १ रोपनी १२ आना जग्गा गाउँपालिकालाई उपलब्ध गराएका छन् । स्थानीइ रेखबहादुर सुनुवारले ३ रोपनी ४ आना जग्गा निशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
निशुल्क रुपमा जग्गा उपलब्ध गराउने दाताहरुलाई गाउँपालिकाले सम्मान समेत गरेको छ । बागमती प्रदेशका सांसद शान्ति पौडेल, गाउँपालिकाका कार्यवहाक अध्यक्ष दीपशिखा दाहालले जग्गा दान गर्ने स्थानीयलाई सम्मान गरेका हुन् ।
स्थानीय दिल्ली बहादुर सुनुवारले आफ्नै घर आँगनमा अस्पताल बन्ने खुसीमा आफूले ४ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएको बताए । उनले रामेछाप न्युजसँग भने,‘अस्पताल बनाउन जग्गा उपलब्ध गराउन पाएकोमा खुसी छु ।’
१५ शैयाको अस्पताल निर्माण गर्नको लागि संघीय सरकारले बजेट उपलब्ध गराएको छ । त्यसैगरी गाउँपालिकाले पनि यस आर्थिक बर्षको लागि २ करोड बजेट विनियोजन गरेको लखु तामाकोशी गाँउपालिकाका कार्यबाहक अध्यक्ष दिपशिखा दाहाल बताइन । अस्प्ताल तोकिएकै समयमा निर्माण गर्न संघिय सरकार, प्रदेश सरकारलाई पनि गर्ने बताउदै तत्काल निर्माणको प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिइन । अस्पताल निर्माणको लागि करिब १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।