वडाअध्यक्ष अधिकारीको स्वास्थ्य अवस्था खतरामुक्त



२० मंसिर, रामेछाप ।
आज बिहान मिलको फित्तामा परेर घाइते भएका नेकपा मन्थली नगर कमिटीका अध्यक्ष एवं मन्थली नगरपालिका–१२ का वडा अध्यक्ष कृष्णहरि अधिकारीको स्वास्थ्य अवस्था खरतामुक्त रहेको अस्पतालले बताएको छ ।

आफैले सञ्चालन गरेको मिलमा काम गर्ने क्रममा लगाएको गलबन्दी फितामा अल्झिदा घाइते भएका अधिकारीलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । मेडिसिटी अस्प्तालमा उपचारत अधिकारीको अवस्थामा सुधार हुँदै गएको छोरा यशु अधिकारीले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार हाल घाइते अधिकारीलाई नर्मल बेडमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्