गाउँगाउँमा जनचेतना जगाउदै सुनापति गाउँपालिका



२४ मंसिर, रामेछाप ।
समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सुनापती गाउँपालिकाले गाउँगाउँमा जनचेतनाको कार्यक्रमम अगाडि बढाएको छ । गाउँपालिकाले हरेक बर्षझै यस बर्ष पनि लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरेको हो ।
लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः ब्यक्ति समाज र सवैको ऐक्यवद्धता भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर पारेर सुनापती गाउँपालिका–५ खनियापानीमा र्याली निकालिएको छ ।
सुनापती गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट, वडाअध्यक्ष ठूलोकान्छा तामाङ सहित सहभागी उक्त कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध लेखिएका प्लेकार्ड र्याली निकालिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गीता विष्टले समाजमा रहेको विकृति र विसंगती हटाउन सबै मिलेर अगाडि बढनु पर्ने बताइन । उनले लैङ्गिक हिंसा रोक्नको लागि घरघरबाटै अभियान थाल्नु पर्ने बताउदै एक अर्कालाई आरोप लगाउने भन्दा पनि हातेमालो गर्दै समाजमा रहेको गलत मानसिकतालाई चिर्नु पर्ने बताइन ।
वडाअध्यक्ष ठूलोकान्छा तामाङले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि वडा कार्यालयले आगामी दिनमा थप प्रभावकारी रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । उनले भने,‘लैङ्गिक हिंसामुक्त वडा बनाउन सबै मिलेर लागौ ।’

प्रतिक्रिया दिनुहोस्