ढुंगाले किचेर रामेछापमा १७ बर्षिय सुनुवारको मृत्यु



२४ मंसिर, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँमा ढुंगाले किचेर एक किशोरीको मृत्यु भएको छ । जंगलमा दाउरा खोज्न जाने क्रममा ढुंगामा अल्झिएको दाउरा तान्न खोज्दा ढुंगाले किच्दा १७ बर्षिय किशोरी जोशिला सुनुवारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीखकंर श्रेष्ठले दुरागाउँ ज्यामी डाँडाकी सुनुवारको दाउरा खोज्न जाने क्रममा ढुंगाले किचेर मृत्यु भएको रामेछाप न्युजलाई जानकारी दिए ।
प्रहरीका अनुसार मृतक सुनुवारले दाउरा तान्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घटना स्थलमै मृत्यु भएको हो । प्रवक्ता श्रेष्ठले मृतक सुनुवारको शवपोष्टमार्टमको लागि मन्थली ल्याइएको छ । सुनुवारको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्