रामेछापका प्रजातान्त्रिक योद्धा मोक्तानको निधन



३० मंसिर, रामेछाप ।
प्रजातान्त्रिक योद्धा धनीराम मोक्तानको निधन भएको छ । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवास निवासी ९३ बर्षिय मोक्तानको आफ्नै निवासमा निधन भएको हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा मोक्तानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । निरङकुश शासन व्यवस्थाको विरोध गर्दै आठ बर्ष निर्वासित जीवन विताउनुभएका मोक्तान नेकपा रामेछापको जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य समेत रहनुभएको थियो ।
मोक्तानको निधनप्रति नेकपा रामेछापले दुःख व्यक्त गरेको छ । नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा मोक्तानको निधनले कम्युनिष्ट आन्दोलनलाई अपुरणिय क्षति पुगेको बताउनुभयो । नेकपा रामेछापका सह–इन्चार्ज एवं रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले प्रजातान्त्रिक योद्धा धनीराम मोक्तानले पार्टीलाई अपुरणिय क्षति पुगेको बताउनुभयो ।

त्यसैगरी नेकपाका रामेछापका सह–इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पनि मोक्तानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले नेकपाको अभिभावक मोक्तानको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउदै यस दुखद घडीमा परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

मोक्तानको मार्थिक शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि आज दिउसो गोकनपानीमा राखिने भएको छ । मोक्तानको श्रद्धान्जली कार्यक्रममा नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, नेकपा रामेछापका सचिव एवं बागमती प्रदेशका सांसद शान्ति पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खडका, नेकपा रामेछापका कार्यलय सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको सहभागीता हुने बताइएको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले मोक्तानको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्