रामेछापकी ८७ बर्षमा तामाङले पाइन नागरिकता



२ पुस, रामेछाप ।
रामेछाप नगरपालिका–५ रामपुरकी ८७ बर्षिय शक्तिमाया तामाङले ८७ बर्षको उमेरमा नागरिता प्राप्त गरेकी छिन् । परिवारको कोही पनि सदस्य नहुँदा नागरिकता बनाउन समेत नसकेकी तामाङलाई रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन् ।

परिवारका कोही पनि सदस्य नहुँदा तामाङ एक्लै बस्दै आएकी छिन् । ८७ बर्ष भइसक्दा समेत सरकारले प्रदान गर्ने जेष्ठ नागरिकता भत्ताबाट समेत उनी बञ्चित हुँदै आएकी छिन् ।रामेछापका प्रजिअ शर्माले विभिन्न कारणले नागरिकता पाउन बञ्चित भएको सूचना जिल्ला प्रशासन कार्यालय रामेछापलाई जानकारी गराउन आग्रह गरेकी छिन् ।

जिप्रका रामेछापका नायक सुब्बा लक्ष्मण भुजेलले तामाङको अवस्था दयानिय भएको कारण केही महिनाका लागि पुग्ने चामल र न्यानो कपडा उपलब्ध गराइने बताए । ‘प्रशासनलाई जानकारी भएसँगै हामीले आवश्यक प्रक्रिया पूरा गरेर शक्तिमायालाई नागरिकता प्रदान गरेका छौ, वडा कार्यालयले जेष्ठ नागरिक सुरक्षा भक्ता प्रदान गर्ने प्रक्रिया अगाडि बढाउने भनेको छ, केही समयको लागि प्रशासनले सहयोग गर्छ ।’

प्रतिक्रिया दिनुहोस्