१३ करोडमा बन्यो स्थानापति माविको विद्यालय भवन



३ पुस, रामेछाप ।
विनाशकारी भुकम्पको कारण भत्किएका रामेछापका विद्यालय भवनहरु धमाधम निर्माण भइरहेका छन् । अधिकाशं विद्यालय भवन निर्माण सम्पन्न भएका छन भने केही निर्माणाधिन अवस्थामा रहेका छन् । जिल्लाभित्र आधुनिक र व्यवस्थित रुपमा विद्यालय भवन निर्माण हुँदा स्थानीय दंग छन् । निर्माण सम्पन्न भएका विद्यालय भवनमा विद्यार्थीहरुले सुविधा सम्पन्न कक्षा कोठामा अध्ययन गर्न पाएका छन् ।
मन्थली नगरपालिका–९ पुराना गाउँमा रहेको स्थानापति मावि बङ्गेसल्लामा पनि भुकम्पको कारण भत्किएको विद्यालय पुननिर्माण भएको छ । गाउँकै नमूनाको रुपमा विद्यालय भवन निर्माण भएको हो । १३ करोड ५० लाखमा नवनिर्मित विद्यालय भवनको निर्माण कम्पनीले विद्यालयलाई हस्तान्तरण गरेको छ ।
१० ÷१० कोठे २ वटा भवन र दुई वटा शौचालय सहितको आधुनिक विद्यालय भवन निकै आकर्षक रुपमा निर्माण गरिएको छ । खानी निर्माण सेवाले निर्माण गरेको उक्त विद्यालय भवनको डिजाइन र सुपरभिजन इआरएमसी कन्सल्टेसीले गरेको थियो ।
विद्यालय हस्तान्तरण कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले विद्यालय भवन निर्माणसँगै शिक्षाको गुणस्तर उकास्ने काममा शिक्षकहरु लाग्नु पर्ने बताए ।
उक्त कार्यक्रमा निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका नेता पूर्ण बहादुर तामाङ (कान्छाराम) ले भवन अनुसारको पठन पाठनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शिक्षक, अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए ।  कार्यक्रममा निर्माण ब्यवसायी दिपेन्द्र कुमार कार्कीले तोकिएकै समयसीमाभित्र विद्यालय भवन निर्माण सम्पन्न गरिएको बताए । विद्यालय भवन निर्माणको क्रममा साथ सहयोग गर्ने विद्यालय परिवार अभिभावक र जनप्रतिनिधिहरुलाई सहयोग महत्वपूर्ण रहेको बताउदै विद्यालयको भौतिक संरचनालाई राम्रो बनाइ राख्न आग्रह  गरे । कार्कीले विद्यालयकाे साँचाे  नगरप्रमुख बस्नेतलाइ हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्