रामेछापका प्रजिअ शर्माको सरुवा



३ पुस, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले १२ जना प्रजिअको सरुवा गरेसँगै रामेछापका प्रजिअ शर्माको पनि सुरुवा भएको हो । गत माघमा दोस्रो महिला प्रजिअको रुपमा शर्मा रामेछाप आएकी थिइन ।

एक बर्ष पनि नपुगि सुरुवा भएकी प्रजिअ शर्माकाे गुल्मी सरुवा भएकाे छ ।
प्रजिअ शर्माले जिल्लामा रहदा नागरिकहरुलाई सहज रुपमा नागरिकता प्राप्त गर्नको लागि घुम्ती शिविर अशक्त नागरिकलाई घरमै पुगेर नागरिता वितरण गरेकी थिइन । जिल्लाको दुर्गम गाउ“पालिको रुपमा रहेको उमाकुण्ड गाउ“पालिकाको लागि प्रजिअ शर्माको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी र गर्भवती महिलाहरुको लागि निशुल्क हेलिकोप्टरको व्यवस्था गराउन भूमिका खेलेकी थिइन ।
गृह मन्त्रालयले ललितपुर लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्