यही वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव



५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।

२९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको शितल निवास स्रोतले बताएको छ । संसद विघटन गर्ने प्रस्तावको चौतर्फी रुपमा विरोध भइरहेको छ । सरकारले गरेको सिफारिस अनुसार संसद विघटन र आम चुनावको मितिको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्