प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने



६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

आज विहान ओलीले आफू निटक मन्त्रीहरु केन्द्रीय सदस्यहरुको भेला गरेर संसद विघटन गर्नुको कारणको बारेमा जानकारी गराएका थिए । आज दिउसो ३ बजे नेपाल टेलिभिजन मार्फत ओलीले देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्