ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय



७ पुस, काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।
ओलीले एकपक्षीय रुपमा संसद विघटन गरेपछि असन्तुष्ट भनेको प्रचण्ड नेपाल समूहले केन्द्रीय समितिबाट ओलीलाई अध्यक्षबाट हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्