रामेछापबाट कंडेल र कार्की नेकपाका केन्द्रीय सदस्य चयन



७ पुस, काठमाडौं ।
नेकपा रामेछापबाट दुई जना केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन भएका छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहको आज बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाका प्रदेश कमिटीका सदस्य तुला प्रसाद कंडेल र माया कार्की केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

आज बसेको बैठकले ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीको पुर्नगठन गर्दै ११ सय ९९ सदस्यी बनाउने निर्णय गरेको थियो । कडेल प्रदेश कमिटीको सदस्य र कार्की मन्थली नगरपालिकाका नगर उपप्रमुखको जिम्मेवारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्