संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यात्मक कदमः मन्त्री ढुंगेल



९ पुस,काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि संसद विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको बाध्यात्मक कदम भएको बताएका छन् । नेकपा ओली समुहका केन्द्रीय सदस्य समेत रहेका  मन्त्री ढुंगेलले अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशको लागि चुनावमा जाने कदम चालिएको बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै उनले सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको आरोप लगाए ।

‘हाम्रो पार्टीमा चर्को विवाद सिर्जना भयो । मुख्यगरी प्रधानमन्त्री ओलीलाई काम गर्ने वातावरण भएन् । हातखुट्टा बाँध्ने काम भयो, सरकार पक्षबाटै नेताहरुबाट, विशेष अधिवेशनमार्फत अविश्वासको प्रस्ताव अघि बढाएपछि, एकातिर काम गरेन भन्ने अर्कोतिर अविशसको प्रस्तावमा जाने कुरा भयो । यो गलत काम भएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । यो उहाँको बाध्यात्मक कदम हो’, मन्त्री ढुंगेलले भने ।

आफ्नै पार्टीबाट प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको हर्कत भएपछि प्रधानमन्त्री ओलीले बाध्यात्मक कारण संसद विघटन गरेको उनले बताए । प्रधानमन्त्रीलाई संसद घिवटनाको अधिकार भएको बताउदै मन्त्री ढुंगलले सरकार असफल भयो भन्नेहरु चुनावमा गएर मत लिनु पर्ने बताए । तोकिएकै मितिमा चुनाव सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले निर्वाचनको तयारीमा सबै जुटनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्