नामाडी घटनाः पक्राउ परेका खडका १ लाख ७५ हजार ढरौटीमा रिहा



९ पुस, रामेछाप ।
गोकुलगंगा गाउँपालिका–५ नामाडीमा भएको कुटपिटको घटनामा संलग्न भएको भन्दै पक्राउ परेका सुमन खडकालाई जिल्ला अदालतल रामेछापले १ लाख ७५ हजार ढरौटीमा रिहा गरेको छ ।

पीडित देवराज खडकाले दिएको उजुरीको आधारमा सुमन खडकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रामेछापले अदालमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामाथि सुनुवाई गर्दै रामेछापका जिल्ला न्यायाधिश मोहनराज भट्टराईले खडकालाई १ लाख ७५ हजार ढरौटीमा रिहा गर्न आदेश दिएका हुन् । पीडित देवराज खडकाले दिएको उजुरीको आधारमा प्रहरीले सुमन खडकालाई २३ दिन अघि खिम्तीबाट पक्राउ गरेको थियो ।
त्यसैगरी देवराज खडकाले घटनामा संलग्न भएका भनिएका तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खडका र दीपक खडकाको पनि अदालतले यसअघि पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्