नेकपा रामेछापबाट गौतमसहित ७ जना केन्द्रीय सदस्यमा मनोनित



१० पुस, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली समुहबाट रामेछापमा सात जना केन्द्रीय सदस्य मनोनित भएका छन् । संसद विघटनसँगै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुर्नगठन गरेको केन्द्रीय सदस्यमा सात जना रामेछापबाट चयन भएका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा प्रेम बहादुर तामाङ, तुला प्रसाद कडेल, गीता कार्की, माया कार्की, रत्न गौतम, राजकुमार श्रेष्ठ र भुवन घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्