महासंघकाे कार्यकारिणी सदस्यमा रामेछापका थापा निर्विरोध चयन



११ पुस, रामेछाप ।
रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्यमा निर्विरोध चयन भएका छन् । थापा प्रदेशको कार्यकारिणी सदस्यमा निर्बिरोध निर्वाचित भएका हुन् ।

पाँच जना सदस्य रहने संघको सदस्यमा पाँच जनाको मात्रै उम्मेदवारी परेपछि थापा सहित पाँचै जना निर्बिरोध निर्वाचित भएका छन् । निविरोध चयन भएका थापाले आगामी दिनमा व्यवसायीहरुको हक हितको पक्षमा काम गर्ने बताए । उनले निर्विरोध काईकारिणी सदस्यमा चयन गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्