प्रधानमन्त्री ओली कम्युनिष्ट नभएको पुष्टि भयोः नेता पौडेल



१२ पुस, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज देवशकंर पौडेलले प्रधानमन्त्री केपी ओली कम्युनिष्ट नभएको पुष्टि अहिलेको संसद विघटनको घटनाले पुष्टि गरेको आरोप लगाएका छन् । उनले कम्युनिष्ट आस्था टुटेकै कारण हतास मानसिकतामा आफ्नो पद गुम्ने त्रासमा ओलीले संसद विघटनको निर्णय लिएको बताएका हुन् ।

आज मन्थलीमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज पौडेलले काम गर्न दिएन भनेर संसद विघटन गर्ने निर्णय गर्नु गलत भएको बताए । उनले भने,‘सामुदायिक संस्था देखि सानो युवा क्लबमा त निर्णय गर्दा कम्तीमा बहुमत चहिन्छ,‘अध्यक्ष ओलीले पार्टीको बहुमत निर्णयलाई लत्याउदै गैर कम्युनिष्ट चरित्र देखाउनु भो ।’ गैर राजनीतिक भिडले पनि सत्ता प्राप्त गर्न सक्छ, निरंकुश तानाशाहहरुले पनि सत्ता प्राप्त गरेर सञ्चालन गरेको इतिहास भएपनि जीवन्त रहन सकेको छैन, उनले भने ।

कम्युनिष्ट पार्टी के हो भन्ने नुबझेका भिडले गन्तव्यमा नभई विघटनमा पुर्याउने गरेको बताउदै पौडेलले प्रधानमन्त्री ओली दलाल पुँजीपति वर्गको मतियार भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्