सुनकोसीको पानी तानेर खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउछौः अध्यक्ष तामाङ



१४ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सुनकोसी नदीको पानीलाई लिफ्ट मार्फत तानेर गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । उनले नदीको पानी तानेर सुख्खा क्षेत्रमा सिचाइँ गर्ने कार्यक्रम अगाडि सारिएको बताउदै कृषि क्षेत्रबाट गाउँपालिकाको विकास सम्भव रहेको बताएका हुन् ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमको चापडीमा निर्माण गरिएको लिफ्ट सिचाई योजनाको उदघाटन गर्दै अध्यक्ष तामाङले गाउँपालिकाले तयार गरेको २५ बर्षिय योजना अनुसार अगाडि बढेको बताए । ‘कृषिको लागि मुख्य सिचाइँ हो, अहिले गाउँपालिको ध्यान सुनकोसी नदीको पानी तानेर धेरै भन्दा धेरै क्षेत्रमा सिचाइँ पुर्याउनु हो’, उनले भने,‘नीतिगत रुपमा लिफ्ट सिचाइँको योजनालाई अगाडि बढाउछौं ।’

नेपाल जेसिस सामाजिक संस्थाको सहयोगमा गाउँपालकाको समन्वयमा १८ हजार लिटर र २ लाख लिटर पानी अटन सिचाइं टयाङकी निर्माण भएको छ । १ करोड ५० लाख लगानीमा उक्त सिचाइँ टयाङकी निर्माण भएको हो । सिचाइं टयाङ निर्माण भएपछि चापडीका स्थानीय खुसी भएका छन् । हिउदको समयमा त्यसै खेर जाने जमिनमा अब कृषिजन्य उत्पादन हुने भएपनि स्थानीय खुसी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्