सूर्यविनायकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन



१३ पुस, भक्तपुर ।
सरकारले असंवैधानिक रुपमा संसद विघटन गरको विरोधमा नेकपा प्रचण्ड–नेपाल समुहको राष्ट्रिय युवा संघ भक्तपुरले आज साझ सूर्यविनायकमा पुत्ला दहन गरेको छ । साझ मिसाल जुलुस सहित युवाहरुले सरकारको विरुद्ध प्रदर्शन गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दिपशिखाले प्रधानमन्त्री केपी ओली संघीयता र गणतन्त्र विरोधी भएको आरोप लगाए । उनले अहिलेको व्यवस्था उल्टाउने खेलमा ओली लागि परेको बताउदै असंवैधानिक कदम आन्दोलनबाट सच्याइने चेतावनी दिए ।

महेश बस्नेतलाई अराजक भाषण दिदै नहिडन चेतावनी दिदै सापकोटाले गलत कामको धेरै दिन वस्नेतले ढाकछोप गर्न नसक्ने बताए । युवा नेता दिपक थापाले केपी ओली समुहसँग नीतिगत र वैचारिक रुपमा बहस गर्न सक्ने बताए । भक्तपुर युवा संघका नेता नरेश वाइबाले असंवैधानिक कदम कुनै पनि हालतमा सच्याउनुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्