उमाकुण्ड गाउँपालिकामा विद्युतीकरणको काम अन्तिम चरणमा



१४ पुस, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार जनप्रतिनिधिहरुको सक्रियतामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको हो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्वाचनमा गाउँपालिकाभित्र सबै बस्तीमा विद्युतीकरण गछैं भनेर बाचा गरेको थियौ, अहिले धमाधम काम भइरहेको छ, यस बर्ष सबै वस्तीमा बिजुली बल्छ ।’

उमाकुण्ड गाउँपालिकाको झण्डै पाँच हजार घरधुरीमा विद्युतीकरण हुनेछ । स्थानीय सरकार गठन हुँदा करिब वीस प्रतिशक्ष क्षेत्रमा मात्र विद्युतीकरण भएको थियो । स्थानीय सरकारको सक्रियतामा नेपाल विद्युत प्राधिकरणले तीब्र गतिमा काम गरेकै कारण उमाकुण्ड गाउँपालिभित्र छिट्टै सबैको घरघरमा बिजुली बल्न लागेको हो ।

अध्यक्ष सुनुवार भने,‘पोल गाडने काम अन्तिम चरणमा पुगेको छ, हाउस वायरिङ गर्ने मिटर जडानको काम धमाधम भइरहेको छ ।’ उमाकुण्ड गाउँपालिकामा विद्युतीकरणको काम सम्पन्न भएपछि रामेछाप जिल्ला पूर्ण रुपमा विद्युतीकरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्