रामेछापमा नेकपा ओली समुहबाट थप तीन केन्द्रीय सदस्य थपिने



१५ पुस, रामेछाप ।
नेकपा ओली समुहमा रामेछापबाट थप तीन जनालाई केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य थप्न प्रस्ताव गरिएको छ । पार्टी दुई समुहमा विभाजित भएपछि ओली समुहबाट रामेछापमा छ जना केन्द्रीय सदस्य थप भएका थिए ।

रामेछापबाट ज्ञान कुमार योञ्जन, रामकृष्ण लामा र भोजराज कडरियालाई केन्द्रीय सदस्यमा थप्न प्रस्ताव गरिएको ओली समुहका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य भुवन घिमिरेले जानकारी दिए । प्रस्तावित नामको बारेमा ओली समुहको अब बस्ने स्थानीय समिति बैठकले निर्णय लिनेछ ।

यसअघि रामेछापबाट प्रेम बहादुर तामाङ, भुवन घिमिरे, माया कार्की, गीता कार्की, तुला प्रसाद कडेल र राजकुमार श्रेष्ठ केन्द्रीय महाधिवेशन आयोजक समितमा सदस्यमा चयन भएका थिए । ओली समुहबाट सदस्यमाा थपिएका श्रेष्ठले भने सपथ लिन अस्वीकार गरेको बताइएको छ ।
पार्टी दुई समुहमा विभाजित हुनुअघि केन्द्रीय सदस्य रहेका कैलाश ढुंगेल, माधव ढुंगेल र कमल चौलागाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्