बृद्धाबृद्धलाई घरघरमै पुगेर न्यानो कपडा वितरण गर्दै दोरम्बा गाउँपालिका (फोटोफिचर)



१५ पुस, रामेछाप ।
दोरम्बा गाउँपालिकाले बृद्धबृद्धाको सम्मान स्वरुप न्यानो कपडा वितरणको काम सुरु गरेको छ । जाडोबाट बञ्चनको लागि गाउँपालिकाकाभित्र ८५ बर्ष उमेर माथिका बृद्धाबृद्धलाई घरघरमै पुगेर न्यानो कपडा वितरणको अभियान अगाडि बढाएको हो ।

गाउँपालिकाभित्र १ सय ८५ जना बृद्धाबृद्धलाई न्यानो कपडा वितरणको कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले बताइन । दोरम्बा गाउँपालिकाभको महिला तथा बालबालिका शाखाले उक्त कार्यक्रम अगाडि बढाएको हो ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाले बृद्धाबृद्धको सम्मान स्वरुप ब्लाङकेट वितरण गरेको बताए । उनले भने,‘बृद्धाबद्धृको सम्मान गर्न न्यानो कपडा वितरण गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्