प्रचण्ड छोडेर बालकृष्ण ढुंगेल ओलीतिर लागे



१५ पुस, काठमाडौं ।
नेकपाका नेता बालकृष्ण ढुंगेल प्रचण्ड–नेपाल समुह छोडेर केपी ओली समुहमा लागेका छन् । सर्वस्वसहित जन्मकैदको सजाय भोकेर सरकारको सिफारिसमा बाँकी कैद मिनाह पाएका तत्कालीन माओवादी जनयुद्धका एक योद्धा तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल पार्टी विभाजनपछि केपी ओली नेतृत्वको नेकपामा लागेका हुन् ।

ढुंगेल आफूमात्र होइन देशभरका पूर्व माओवादी लडाकुहरुको टिम बनाएर ओली पक्षमा खुलाउने दौडधूपमा खटिएका छन् । उनी रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी र लेखराज भट्टको समूहबाट अहिले ओली पक्षमा पूर्व माओवादी पंक्तिको संख्या बढाउन क्रियाशील भएका छन् ।
ढुंगेलले चण्डले चालेका कदमलाई बेठीक, अबैज्ञानिक र अराष्ट्रवादी भएको टिप्पणी गर्दैै आएका छन् । ढुंगेल नेकपा ओली पक्षले हालै विस्तार गरेको महाधिवेशन आयोजक कमिटीका सदस्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्