बेलायतमा देखिएको कोरोनाले रामेछापमा चिन्ता



१६ पुस, रामेछाप ।
पछिल्लो समय बेलायतमा देखिएको छिट्टो सर्ने कोरोना भाइरसको कारण रामेछाप जिल्लामा चिन्ता थपिएको छ । विगतमा भन्दा बढी संक्रमण फैलिन सक्ने भाइरसको कारण जिल्लामा चिन्ता थपिएको हो ।

उक्त भाइरस जिल्लाभित्र फैलिन नदिन स्थानीय कोभिड–१९संकट व्यवस्थापन सञ्चालन केन्दहरुलाई उच्च सतर्कताको साथ सूचना संकलन गरेर विदेशबाट रामेछाप आउने नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको अध्यक्षमा आज बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको निर्णन्त्रण र व्यवस्थापनको लागि सबै मिलेर अगाडि बढनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्