लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खडकालाई थुनामुक्त गर्न उच्च अदालतको आदेश



१६ पुस, काठमाडौं ।
जबरजस्ती करणीको आरोपमा पुर्पक्षको लागि जिल्ला कारागार रामेछापमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । जिल्ला अदालत रामेछापले गरेको फैसलाको खडकाले उच्च अदालतमा रिट दायर गरेका थिए ।
जिल्ला अदालत रामेछापले यसअघि तीन वटा मुद्दामाथि सुनुवाई गर्दै शरीर बन्दक मुद्दामा २ लाख, ठगी मुद्दामा ५० लाखको टरौटी माग गर्दै बलात्कारको मुद्दामा पुर्पक्षको लागि जेल चलान गर्ने फैसाला गरेको थियो । तर आज उच्च अदालत पाटकले खडकालाई पाँच लाख रुपैयाँ ढरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

शरीर बन्दक मुद्दाको बारेमा जिल्ला अदालतको फैसला सदर गर्दै गठीको मुद्दामा ५० लाख ढरौटी माग्ने फैसाला पनि बदर गरेको खडकाको पक्षबाट यसअघि जिल्ला अदालत रामेछापमा बहस गर्दै आएका अधिवक्ता झम्क कंडेलले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार अदालतले अहिले थुनामुक्त भएर पनि मुद्दा लडन पाउने आदेश थिएको हो । उच्च अदालतले खडकासँग पाँच लाख रुपैयाँ ढरौटी माग गरेको बताउदै कडेलले मुद्दाको टुंगो भने लागि नसकेको बताए । खडको पक्षमा अधिवक्ता योगेन्द्र अधिकारीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्