रमेश बस्नेत प्रचण्ड–नेपाल पक्षतिर खुले



१८ पुस, रामेछाप ।
नेकपा रामेछापका नेता एवं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत नेकपा प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् । नेकपा दुई समुहमा विभाजित भएसँगै वस्नेत प्रचण्ड–नेपाल पक्षतिर लागेका हुन् ।
यसअघि नेकपा प्रचण्ड–नेपाल पक्षले बोलाएको आफू पक्षिय जिल्ला कमिटीको बैठकमा बस्नेत सहभागी भएका थिएनन् । बस्नेत प्रचण्ड–नेपाल पक्षको तयार गरेको जिल्ला कमिटीको सूचिमा हस्ताक्षर गर्दै मन्थली नगर कमिटीले आयोजना गरेको भेलामा समेत सहभागीता जनाएका छन् ।

मन्थली नगर कमिटीका आयोजना गरेको भेलामा नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठ, संविधानसभाका सदस्य तारानारायण श्रेष्ठ, खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्