नेकपा प्रचण्ड–नेपाल समुह रामेछापको विज्ञप्तीः जिल्ला कमिटीको बैठक राखिएको छैन



२१ पुस, रामेछाप ।
नेकपा केपी ओली समुह रामेछापले जिल्ला कमिटीको बैठक आह्वान गरेकोप्रति नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले आपत्ति जनाएको छ । जिल्ला कमिटीको बैठक पुस १५ गते नै सम्पन्न भइसकेकाले पुस २२ गते पार्टीको बैठक नरहेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
प्रचण्ड–नेपाल समुह रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ–नेकपा रामेछापको तेस्रो पूर्ण बैठक यही पुस १५ गते सम्पन्न भइसकेकाले पुस २२ गते जिल्ल कमिटीको बैठक एव विस्तारित भेला बोलाइएको छैन् ।

सिंगो नेकपा कमिटीलाई चोइटयाउने उदेश्य राखी समानान्तर कमिटी निर्माण गरिनु कम्युनिष्ट आन्दोलनको हित विपरीत छ, नेकपालाई टुटफुटबाट जोगाउन आ–आफ्नो ठाउँबाट लागौ, विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्