रामेछापका डिएसपी पाठकको सरुवा, नयाँ प्रमुखमा ढुंगाना



२२ पुस, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकको सुरुवा भएको छ । एक बर्षे कार्यकाल पुरा भएसँगै उनको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालय नक्साले गरेको ६९ जना डिएपसीहरुको सरुवासँग पाठकको पनि सरुवा भएको छ । रामेछापमा एक बर्षे कार्यकालयमा डिएसपी पाठकले जिल्लाभित्रको शान्ति सुरक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सफल भएका थिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापको नयाँ डिएसपीमा नवराज ढुंगाना आउने भएका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ढुंगाना जिल्लाको प्रमुख बनेर आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्