प्रचण्डकाे कारण नेकपामा विग्रह ल्यायोः नेता चौलागाई



२२ पुस, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी ओली समुहका केन्द्रीय सदस्य कमल चौलागाईले प्रचण्डको कारण पार्टीमा विग्रह आएको बताएका छन् । नेकपा ओली समुहको जिल्ला कमिटीको बैठक एवं भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डकै कारण नेकपा विभाजित भएको बताएका हुन् ।

प्रचण्डले जसरी पनि बहुमतको निर्णयबाट अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउने गरी अगाडि बढेपनि बाँध्य भएर प्रधानमन्त्रीले संसद विघटन गरेको बताए । पार्टी एकता भएपछि कुनै पनि कमिटी निर्वाचित नभएको अवस्थामा प्रचण्डले एकलौटी रुपमा पार्टी कब्जा गर्ने उदेश्यको साथ अगाडि बढेपछि प्रधानमन्त्रीले बाँध्यात्मक रुपमा कदम उठाएको नेता चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्