देवशकंर र शान्त पौडेललाई पूरानै घरमा फर्किन मन्त्री ढुंगेलकाे आग्रह (भिडियोसहित)



२२ पुस, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजन मन्त्री एवं नेकपा रामेछापका सह–इन्चार्ज कैलाश ढुंगेलले प्रचण्ड–नेपाल समुहमा लाग्नु लागेका पुर्व एमालेका नेता कार्यकतलाई पुरानै घरमा फर्किन आग्रह गरेका छन् । जिल्ला इन्चार्ज देवशकंर पौडेल र जिल्ला सचिव शान्ति पौडेललाई पूरानै घरमा फर्किन आग्रह गदै उनले राजमार्ग जोडेर गोरेटो बाटो नरोज्न आग्रह गरेका हुन् ।

जिल्ला कमिटीको बैठक एवं भेलालाई बुधवार मन्थलीमा सम्बोधन गर्दै केन्द्रीय सदस्य ढुंगेलले रिस आवेग र कुण्ठा छोडेर पार्टीलाई थप बलियो बनाएर लैजानु पर्ने बताए । समृद्धिको सपना प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट मात्र सम्भव रहेको बताउदै मन्त्री ढुंगेलले नेकपा छोडेर कोही पनि कही कतै जान नसक्ने बताए ।

उनले भने,‘जिल्लाभित्र लामो समय सँगै काम गरेका साथीहरु सूचना नपुर नआएको हुन सक्छ, कारणवंश अरु नै कारणले पनि होला, नेकपा छोडेर कोही जान सक्ने अवस्था छैन, भोली यही आउन अन्त किन जानु ?पार्टीभित्र संकट आउदा पनि यता पनि नखुल्ने उता पनि नखुल्ने प्रवृत्ति राम्रो नभएको बताउदै उनले बाली लगाएर खाने बेलामा मात्र आउनुको अर्थ नहुने बताए ।

https://www.facebook.com/ROJHANROKA/videos/3498893806846375

प्रतिक्रिया दिनुहोस्